२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सप्तरीको महादेवामा भीषण आगलागी, २ सयभन्दा बढी घर जले

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका-१ मा भीषण आगलागी भएको छ । आगलागीले बस्ती नै सखाप पारेको छ । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको भएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार २ सयभन्दा बढी घरटहरा जलेका छन् र त्यसक्रममा २ सय भन्दा बढी परिवार विस्थापित भएका छन् । अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताए । स्थानीय र सुरक्षा निकायले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट केही पशुचौपायासमेत मरेका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस