२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाममा बुबा छोरा दुवैसँग हारे कांग्रेसका डम्बर, गठबन्धनमा रहेरपनि सूर्यबाट पोलिएका थिए

विराटनगर । इलाम २ मा फेरि नेकपा (एमाले) विजयी भएको छ । एमालेका सुहाङ नेम्वाङले बुवा सुवासचन्द्र नेम्वाङको विरासत धान्दै प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई हराए । गत वर्षको चुनावमा माओवादी, नेकपा एससँग गठबन्धन गरेर चुनाव लडेका खड्का सुवाससँग १४४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले भने अझ फराकिलो अन्तरले उनै सुवासका छोरा सुहाङले डम्बरलाई स्तब्ध पारेका छन् ।

सुहाङ–डम्बरबीचको मतान्त्रर ५ हजार ८३० भोट छ । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । २०७९ मा सुवासले ३० हजार २० भोट ल्याएका थिए । खड्काले २९ हजार ९०६ भोट ल्याएका थिए । सुवास इलाम २ मा २०५६ सालदेखि नै निरन्तर विजयी हुँदै आएका थिए । गत भदौ २६ मा उनको निधनपछि रिक्त यस क्षेत्रमा यही शनिबार उपचुनाव भएको हो । सुवास संविधान सभाको अध्यक्ष, बारम्बारका सभामुख, मन्त्री भएका थिए । उनले मृत्यु अघि अधिकांश चुनाव जितेपनि राष्ट्रपतिको चुनाव भने हारेका थिए ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस