२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिलो फिल्म ‘माइतीघर’ फिल्मका अभिनेताको निधन, भारतीय अभिनेत्रीसँग तीन पटक बिहे

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाए ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुको एक छोरी छिन् ।

फिल्म ‘माइतीघर’मा नेपाली मूलकी भारतीय अभिनेत्री माला सिन्हा सीपीको अपोजिटमा थिइन् । मालाको सिपीसँगै विवाह भयो । तर उनले सिपीसँग तीन पटक विवाह गर्नुप¥यो । ‘प्यासा’, ‘धूल का फूल’ र ‘माया’ जस्ता फिल्ममा दमदार अभिनय गरेकी माला बलिउडको दिग्गज अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो करियरमा हरेक ठूला अभिनेतासँग सहकार्य गरिन् । अभिनेता धर्मेन्द्रसँग उनको जोडी दर्शकले निकै मन पराएका थिए ।

दर्शकले धर्मेन्द्र र मालाको जोडीलाई मन पराए पनि मालाले भने अभिनेता सिपीसँग दिल साटेकी थिइन् । सिपीसँग प्रेममा रहेकी मालाले सिपीसँगै विवाह गर्ने निर्णय लिएकी थिइन् । मालाकी आमा नेपाली र बुवा इसाई थिए । यहि कारण उनीहरुको विवाह कुन संस्कार अनुसार गर्ने भन्ने विषयमा विवाद सिर्जना भयो । उनले परिवारलाई पहिला हिन्दु, त्यसपछि इसाई र अन्तिममा अदालती विवाह गर्ने निर्णय गर्ने विषयमा राजी बनाइन् । यहि कारण उनले सिपीसँग तीन पटक विवाह गर्नुप¥यो । माला हाल फिल्मबाट टाढा छिन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस