२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङ नेम्वाङको मत झण्डै दोब्बर बढी : रुख भन्दा मुढा मात्र २०७ मतले पछाडि

इलाम । इलाम–२ उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का सुहाङ नेम्वाङले निकटतम प्रतिस्पर्धीसँग झण्डै दोब्बरको अग्रता कायम गर्न थालेका छन् । माई नगरपालिकाको मत गन्दा निकटतम प्रतिस्पर्धीसँग ३९६० मतले अग्रता लिँदै सुहाङले जितको सूइरो आफूतर्फ अत्याधिक ढल्काएका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका सुहाङ नेम्वाङ ११६१९ मत ल्याएर अग्र स्थानमा छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७६५९ मतले दोस्रो स्थानमा छन् । सुहाङ र डम्बरको मतान्तर नै ३९६० पुगेको हो । पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह थेगिम ७४५२ मतले खड्कालाई उछिन्न खोज्दै तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू १५९६ चौथो स्थानमा छन् ।

तपाईहरुलाई जानकारी गरौं की माई नगरपालिकाको गणनामा सुहाङले भन्दापनि मुढाले बढी मत ल्याएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस