२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम २ मा राति साढे ९ बजेसम्मको यस्तो छ परिणाम, घण्टीको बढ्दै बढेन

१६ वैशाख, इलाम । इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता कायम नै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ४०४९ मत पाउँदा खड्काले ३१६० मत पाएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने धेरै कम मतका साथ चौथो स्थानमा छ । तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १७०३ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ७८४ मत पाएका छन् । अबको पालो चुलाचुलीको, फाकफोकथुमको ७ वटै वाडको गणना सम्पन्न भएको छ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस