२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई पाँचौ सफलता: सोमपालले मैदान छिर्ने वित्तिकै लिए विकेट

Sagar Dhakal took two wickets in one over

१६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ । नेपालका सागर ढकालले एउटै ओभरमा दुई विकेट लिए भने कुशल भुर्तेलले पनि दुई विकेट लिए । विकेट किंग सोमपाल कामीले विकेट लिँदै देशलाई पाँचौ सफलता दिलाए । टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले २.२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

लगत्तै २.५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे । भुर्तेलले वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेशसहितका दुई विकेट लिए । सोमपालले बलिङको सुरुवातमा नै शानदार विकेट लिए ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस