२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालीलाई चिनियाँ भिसा निःशुल्क, सेवा शुल्क मात्र लाग्ने

१६ वैशाख, काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्न नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । उनका अनुसार एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ । नियमित भिसा निःशुल्क भए पनि एक्सप्रेस भिसाका लागि २ हजार ७०० नेपाली रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लाग्ने दूतावासले जनाएको छ ।

नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस