२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम २ को मतगणना आइतबार बिहानबाट

इलाम । उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना आइतबार बिहानबाट मात्रै सुरु गरिने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । प्रजिअ इन्द्रदेव यादवले मतपेटिका आइपुग्न बिहान २ बजेसम्म लाग्ने भएकाले आइतबार बिहान सर्वदलीय बैठकपछि मात्रै गणना सुरु गरिने जनाए । ‘राजनीतिक दलसँग बिहान ७ बजे सर्वदलीय र पक्षीय बैठक राखेर मात्र मतगणना सुरु हुने छ,’ प्रजिअ यादवले भने ।

शनिबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा ६० प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । अहिले गाउँ-गाउँबाट मतपेटिकाहरु संकलन भइरहेको छ ।

सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । इलाम-२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस