२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अध्यक्ष ओलीलाई १२ वर्षे महाकुम्भ मेलामा भव्य स्वागत, अवलोकना गर्दापनि वरदान प्राप्ति [ तस्वीरहरु ]

सुनसरी, १५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा पुगेका छन् । अध्यक्ष ओली चतराधामको एकमहिने १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पुगेका हुन् । उनलाई मेला आयोजक समिति तथा स्थानीयहरुले फूलमालाले भव्य स्वागत गरेका छन् ।

शनिबार मेला कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरेका थिए । मेलामा अध्यक्ष ओलीसँगै एमाले स्थायी कमिटी सदस्य शेरधन राई, हिक्मत कार्की, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत एमाले केन्द्रीय सदस्य, प्रदेशका नेताहरु सहभागि भए । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ । कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ । गत चैत २७ गते सुरु भएको कुम्भ मेला यही वैशाख २८ गतेसम्म लाग्नेछ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस