२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इण्डिजविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि २०५ रनको लक्ष्य पाएको छ। त्रिवि मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ५ विकेट गुमाएर २०४ रनको योगफल तयार गरेको हो।

वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले उत्कृष्ट इनिङ खेले । उनले ४६ बलमा ७४ रन बनाए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडीम एलेनसँग पाचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चाल्र्स शुन्य रनमा आउट भए । कडीम एलेन १४ र किमो पल रनमा अविजित रहे ।

बलिङमा नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र अभिनाश बोहराले एकएक विकेट लिए ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस