२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेस्टइन्डिज ए विरुद्ध नेपालको दोस्रो सफलता

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । चौथो ओभरको दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’का आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका हुन् । यसअघि कमलसिंह ऐरीले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए ।

वेस्टइन्डिज ए र नेपालबीचको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेलिरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस