२०८१ असोज १८ गते शुक्रवार | 2024 October 4th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलामी गएका नारायण खड्का अचानक नदीमा बेपत्ता, खोजीमा गोताखोर परिचालन

१३ वैशाख, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ । चौरजहारी ९ कोटजहारी बस्ने ६१ वर्षीय नारायण खड्का १२ वैशाखमा मलामी गएको बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली बिहीबार उनको खोजी कार्यको लागि गएको छ । आज दिउँसो ३ बजेदेखि खोजी कार्य गरेको थियो । शुक्रबार बिहानैदेखि पुनः खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस