२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१० महिना अघि वेस्ट इन्डिजसँग नेपालको त्यो नमिठो हार, नेपालमा जित्ने सम्भावना कति ?

nepal vs west indies

काठमाडौं । आजभन्दा १० महिना अघि जिम्बावेमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको खेल वेस्ट इन्डिजसँग खेलेको थियो । हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा नेपाल वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो ।

जितका लागि तीन सय ४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए । शनिबार नेपालमा नै खेल्न आएको वेस्ट इन्डिजको टोलीमा त्यो बेलाका सबै स्टार खेलाडी त छैनन् । तर उत्कृष्ट खेलाडीको बलियो टोली बनाएर भने पठाएको छ ।

त्यो बेला ९३ बलको सामना गरेका आरिफले चार चौका एक छक्का को मद्दतले अर्ध सतकको स्कोर बनाएका थियो । अहिलेको टोलीमा उनीपनि छन् । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आशिफ शेख र करण केसीले समान २८–२८ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाएका थिए । अहिले दीपेन्द्र निक्कै फर्ममा छन् ।

ओपनर कुशल भुर्तेल पाँच तथा भिम सार्की र कुशल मल्ल दुई दुई रन जोड्दै पेभेलियन फर्किएका थिए । त्यो बेला सन्दीप लामिछानेपनि टोलीमा थिए । अहिले उनी छैनन् । तरपनि यो टोलीलाई नेपालले जितेर विश्वकपमा बलियो मनोवल बनाउँनेमा क्यानका पदाधिकारी आशावादी छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस