२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ऋतुराज र शिवम दुबेको कीर्तिमानका बाबजुदपनि चेन्नई लखनउसँग ६ विकेटले पराजित

ipl 2024 CSK vs LSG won by 6 wickets : आईपीएलको १९औं खेलमा चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ । चेन्नईका कप्तान रुतुराज गायकवाड र शिवम दुबेको कीर्तिमानका बाबजुदपनि लखनउसँग ६ विकेटले पराजित भयो ।

रुतुराजले आईपीएलको यो सिजनमा आफ्नो पहिलो शतक प्रहार गरेका थिए । उनको इनिङ्सका कारण चेन्नईले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो । ऋतुराजले ६० बलको सामना गर्दै १२ चौका र तीन छक्का प्रहार गर्दै १०८ रनको अविजित इनिङ्स खेले।

उनलाई शिवम दुबेले राम्रो साथ दिएका थिए जसले २७ बलमा ६६ रनको ब्लाष्ट पारी खेल्दै तीन चौका र सात छक्का प्रहार गरे। दुबेकोपनि यो कीर्तिमान हो । रुतुराज र दुबेले चौथो विकेटका लागि ४६ बलमा १०४ रनको साझेदारी गरे । टोलीका अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी एक बल खेल्दै चार रनमा अविजित रहे । लखनउका लागि म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले एक–एक विकेट लिए ।

ऋतुराजले ५६ बलमा १०० रन पुरा गरे
१८औं ओभरमा यशको बलमा चौका प्रहार गर्दै ऋतुराजले ५६ बलमा शतक बनाए । उनले यो ओभरमा एक छक्का र दुई चौका प्रहार गरे । यस ओभरमा चेन्नई १८ रन बनाउन सफल भयो । आईपीएलमा उनको यो दोस्रो शतक हो । चेन्नईका लागि ऋतुराजले शतक मात्र बनाएनन् । उनी मुरली विजय र शेन वाट्सनसँग मिलेर यो टोलीका लागि सबैभन्दा धेरै शतक बनाउने हिसाबमा पहिलो स्थानमा आएका छन्। चेन्नईका लागि विजय र वाटसनले पनि दुई–दुई शतक बनाएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस