२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोरीसहित गेष्ट हाउसमा परुपुरुषसँग, कुकर्मले एउटै पासोमा ! [ भिडिओसहित ]

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित । होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनीहरू दुवैको पहिचान खुल्न बाँकी छ । महिलाकी छोरी कोठामै सकुशल भेटिएकी छन् ।

उनका अनुसार ती महिला छोरीलाई लिएर युवकसँग ३–४ दिनदेखि होटलमा बसिरहेकी थिइन् । ‘युवकका आफन्त खोज्दै होटल पुगेका थिए,’ डीएसपी अवाले भने, ‘कोठामा भित्रबाट चुकुल लागेको थियो । बच्चा कराउन थालिन् । त्यसपछि युवकका अभिभावकले हामीलाई खबर गरे । प्रहरीले ढोका फुटाएको थियो । युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आफ्नो अभिभावक खोज्दै त्यहाँ पुगेपछि आत्महत्या गरेको हुनसक्ने डीएसपी अवाले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस