२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शहीदनगर अचानक रणभूमिमा परिणत, प्रहरीसँग दोहोरो झडप

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा नगर प्रमुख दिनेश प्रसाद यादवविरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष उमेश निरालाकै नेतृत्वमा नगर प्रमुख यादवविरुद्ध प्रदर्शनमा उत्रेकाहरु नगरपालिकामा तोडफोडको प्रयास गर्दा प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सो क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन एकसेल आश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनकारीले फालेको ढुङ्गा लागेर दुईजना प्रहरी घाईते भएका छन् । प्रहरीको टाउँकोमा ढुङ्गा हानिएको छ । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको छ । नगर प्रमुख यादवले भ्रष्टाचारमा लिप्त भएको र एकलौटी गरेको भन्दै वडाध्यक्ष निराला आन्दोलन सुरु गरेका छन् । उनले सयौं महिलालाई समेत आन्दोलनमा उतारेका थिए । नगर प्रमुख यादव र आन्दोलनमा उत्रेका वडाध्यक्ष निराला दुवै जनता समाजवादी पार्टी (जसपा) बाटै निर्वाचित छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस