२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोबाइल चार्ज गर्ने क्रममा बालकको मृत्यु

तेह्रथुम । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका-५ दागपा बस्ने कालु बहादुर लिम्बुको छोरा ८ वर्षीय सुदिप लिम्बुको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।

आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोबाइल चार्ज गर्ने सही तरिका

मोबाइल चार्ज गर्दा विद्युतीय प्लग बन्द गरेर चार्जर र मोबाइल घुसाएपछि मात्र करेन्ट अन गर्नुपर्छ । फेरि बन्द गरेर मात्र निकाल्नुपर्छ । चिसो हात वा खाली खुट्टा कहिलै चार्ज भइरहेको मोबाइल निकाल्नु हुन्न । मोबाइल चार्ज भएको बेला नजिक नबस्नु नै उपयुक्त हुन्छ ।
तपाइँले सायदै मानिस भेट्नुभएको छ होला जसको मुखबाट आफ्नो मोबाइलको बारेमा राम्रो कुरा सुन्न पाइयोस् । सबैले आफ्नो मोबाइल फोनको ब्याट्रीको चार्ज नै खप्दैन भन्ने लगायतका गुनासो गरिरहेकै हुन्छन् । अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइल फोनको ब्याट्रीको आयु सोही मुताविक बढ्दै जान सकेको छैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम खप्ने भइदिन्छ ।

battryतर मोबाइलको ब्याट्रीको आयु मोबाइलको समग्र फिचरमा मात्र होइन यसको चार्ज गर्ने तरिकामा पनि निर्भर हुन्छ । मोबाइलको ब्याट्रीलाई दिन तपाइँले सही तरिकाले चार्ज गर्नुभयो भने त्यसको कार्यक्षमता तथा आयु पनि बढ्दछ ।

फोन निर्माता कम्पनीहरुका अनुसार मोबाइलका ब्याट्रीहरुको औषत आयु ३ सय देखि ५ सय पटकसम्म चार्ज गर्नका लागि हुन्छ । त्यसपछि ब्याट्रीको क्षमता घट्न थाल्दछ र ब्याट्रीले चार्जलाई राम्रोसँग संग्रह गर्न सक्दैन ।

विज्ञहरुका अनुसार मोबाइलको ब्याट्रीको चार्ज पूरै रित्याउने गरी प्रयोग नगर्ने मात्र होइन की शत प्रतिशत चार्ज पनि गर्नुहुँदैन ।

लिथियम आयन ब्याट्रीलाई ४० देखि ८० प्रतिशतसम्म चार्ज गरेर राख्नुपर्छ । ब्याट्रीको चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु उत्तम हुन्छ । मोबाइलको ब्याट्रीलाई एक महिनामा एक पटक भन्दा बढि शत प्रतिशत चार्ज गर्नुहुँदैन । ब्याट्रीलाई शत प्रतिशत चार्ज गर्नु भनेको कम्प्युटरलाई रिस्टार्ट गर्नु जस्तै हो, जुन पटक पटक गर्नु हुँदैन ।

मोबाइल फोन किन्ने बेलामा सँगसँगै जुन चार्जर आएको हुन्छ आफ्नो मोबाइल फोनलाई सोही चार्जरले चार्ज गर्नु राम्रो हुन्छ । बजारमा पाइने जुन पायो त्यहीँ चार्जर प्रयोग गर्नु मोबाइल फोनको ब्याट्रीका लागि हानिकारक हुनसक्छ । चार्जर ठीक भएन भने त्यसले पूरै फोनलाई नै क्षति पूराउन सक्छ । लिथियम आयन ब्याट्रीलाई धेरै दिनसम्म चार्ज नगरीकन राख्नु हुँदैन । यपद ४०-५० प्रतिशत सम्म चार्ज गरेर राख्नुहुन्छ भने ठीक छ । यसरी प्रयोग नगरीकन राखिएका मोबाइल फोनका ब्याट्री महिनामा ५ देखि १० प्रतिशत सम्म डिस्चार्ज हुन्छन् । – बीबीसी

सबैलाई आवश्यक जानकारी आफूले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस