२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्ध खेलबाट रोहितले रचे सर्वाधिक कप्तानीको कीर्तिमान, तर देशका लागि नतिजा दु:खद

८ वैशाख, काठमाडौं । युवा ब्याटर रोहित पौडेल नेपालबाट टी-२० आईमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रोहितले एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङविरुद्ध खेलबाट उक्त कीर्तिमान बनाएका हुन् ।

२०२३ देखि रोहितले नेपालबाट हालसम्म २८ खेलमा कप्तानी गरेका छन् । उनले पूर्वकप्तान पारस खड्कालाई २७ खेलको कप्तानीलाई पछि पारेका हुन् । रोहितको कप्तानीमा २८ टी-२० आईमा नेपाल १६ मा जित र ९ मा हार व्यहोरेको थियो । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोट ए को सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुर्याउनु रोहितको टी-२० आईमा कप्तानीमा ठूलो उपलब्धी मानिन्छ ।

पारसले २०१४ देखि २०१९ सम्म २७ खेलमा कप्तानी गर्दा नेपाल ११ खेलमा जित र १५ खेलमा पराजित भएको थियो । ज्ञानेन्द्र मल्लले २०१९ देखि २०२१ सम्म १२ खेलमा कप्तानी गर्दा ९ मा जित र ३ खेलमा हार व्यहोरेका थिए । सन्दीप लामिछानेले २०२२ मा १८ खेलमा कप्तानी गर्दा १३ मा जित र ५ खेलमा हार व्यहोरेका थिए । रोहित नेपालबाट ओडीआईमा २०२२ देखि हालसम्म ३६ खेलमा कप्तानी गरी सकेका छन् । नेपालबाट ओडीआईमा पारस खड्काले ६, ज्ञानेन्द्रले १० र सन्दीपले १४ खेलमा कप्तानी गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस