२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल संकटमा : हङकङविरूद्ध एकपछि अर्को गर्दै ८ विकेट ढल्यो

Impressive victory of Nepal against Ireland

काठमाडौं, वैशाख ७ । एसिसी प्रिमियर कप टी–२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ । एकपछि अर्को गर्दै नेपालका ८ विकेट गुमेका छन् ।

चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएपछि कुनैपनि ब्याट्सम्यान टिक्न सकेका छैनन् । खेलको ७.५ ओभरमा नेपालका लागि २१ रन जोडेर रोहित आउट भए । उनी अतिक इकबालको एलबिडब्लु धरापमा परे। आउट हुनुअघि उनले १९ बलमा २ चौका प्रहार गरे।

यसअघि ओपनर आशिफ शेख पाँचौं ओभरको पाँचौं बलमा आउट भएका थिए। उनलाई आयुष शुक्लाको बलमा कप्तान निजाकत खानले क्याच आउट गरेका हुन्। आउट हुनुअघि आशिफ शेखले ११ बलमा ५ रनमात्रै बनाए।

ओपनर कुशल भूर्तेल दोस्रो बलमै आयुष शुक्लाको बलमा जिशन अलीबाट क्याच आउट हुन पुगेका थिए। त्यसपछि ब्याटिङमा आएका सोमपाल कामी पनि ७ बल खेलेर आउट भए। तेस्रो ओभरको तेस्रो ओभरमा आउट हुनुअघि सोमपालले १२ रन बनाएका थिए। त्यसक्रममा उनले २ चौका हाने। उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भएका हुन्।

कप्तान पौडेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका थिए । उनीपनि १४ बलमा १३ रन जोडेर आउट भए । सन्दीप जोरा छैटौ विकेटको रुपमा २३ बल खेल्दा २२ रन जोडेर आउट भए । लगत्तै गुल्शन झा ६ बलमा ६ रन मात्र जोडेर आउट भए । आठौ विकेटको रुपमा करण केसी ७ बलमा मात्र ३ रन जोडेर आउट भए । अहिले दीपेन्द्रसिंह ऐरी र ललितनाराण राजवंशी क्रिजमा छन् । सेमिफाइनलमा युएईसँग पराजित भएसँगै सन् २०२५ मा हुने एसिया कप खेल्नबाट नेपाल बञ्चित भइसकेको छ।

इमर्जिङ टिम्स एसिया कप खेल्नका लागि आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि छ। हङकङविरूद्धको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन।

 

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस