२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनकोशीको अक्कर भीरमा ऐनाहरु भित्र लुकेका अनेकौं रहस्यहरु, दैवी शक्ति र जनविश्वास [भिडियोसहित]

मुलकोट । पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी हो बिपी राजमार्ग । जहाँ दैनिक हजारौँ सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकारले २५ अर्बको लगानीमा निर्माण गरेको हो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर । जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथ सबैको मनमा एक किसिमको कौतुहलता पैदा हुनु स्वभाविकै हो। सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको छ ।

जब कोही यात्रु होस् अथवा सवारी चालक त्यहाँ पुग्नु अगाडि नै सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । जुन ठाउँ धेरै दु्घर्घटना हुने गर्दछ । केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको मृत्यु भएको थियो ।

२०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको मृत्यु भएको थियो । त्यसको ठिक छ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको मृत्यु भएको थियो । जुन ठाउँमा धेरै यात्रुहरुले ज्यान गुमाएका छन् ।

ऐनाहरु भित्र लुकेका अनेकै रहस्यहरु
आजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा गोरेटो बाटो थियो । बाटो नजिकै एउटा ठुलो सालको रुख थियो । रुखमुनि सानो पोखरी थियो । जुन पोखरीबाट पानी आउथ्यो । मानिसलाई पानी लैजान सजिलो हुन्थ्यो। तर जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासियो । पोखरीमा देवी छन् भन्ने कुरा कसैलाई थाहा भएन, जहाँ पूजा आरधना गरिन्थ्यो।

त्यसको केही समयपछि एउटा आठ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बस्ने ठाउँ नै भत्कायौ, मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ । मेरो लागि कसैले पनि मन्दिर बनाइदिएन् । जबसम्म मेरो नाममा मन्दिर बन्दैन तबसम्म म धेरै मान्छेहरुको भोग खान्छु भनिन् ।

स्थानीयहरुले त्यस कुरामा गम्भीर भएनन् । त्यसको केही समयपछि यात्रुवाहक वस सुनकोशी नदीमा खस्दा ४२ जनाको मृत्यु भएको थियो, जसको आत्माले शान्ति पाओस् भनेर सप्ताह पनि लगाइदिए स्थानीयहरुले । सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बोकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीयहरु बताउँछन् । देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो । बिस्तारै ऐनाले धेरै संख्या लिन पुग्यो ।

ऐनाको दृश्यमा भुतप्रेत आउने नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ । आजभोलि त्यस स्थानमा जाने जोकोहीले पनि ऐना टाँस्ने गर्दछन् । यात्रु होस् या सर्वसाधरण त्यस ठाउँमा पुगेपछि केही समय रोकिएर ढोग्ने गर्दछन् । अझै पनि त्यहाँ पुग्नु अगाडि नै मानिसहरुको मनमा एक किसिमको डर पैदा हुने गर्दछ ।

 

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस