२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डा. भट्टराईको स्वकीय सचिवका रूपमा दशकौं काम गरेका विश्वदीपले छाडे पार्टी

Dr. Baburam Bhattarai

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी छाडेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु । उनी लामो समयदेखि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको स्वकीय सचिवका रूपमा काम गर्दै पनि आएका थिए ।’

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस