२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

gold price today nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८सय निर्धारण भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार १५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार ७ सय निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ७ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ५० रुपैयाँले घटेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस