२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दीपेन्द्रले यसरी हाने एकै ओभरमा ६ छक्का

This is how Dipendra hit 6 sixes in one over

१ वैशाख, काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हान्दै इतिहास रचेका छन् ।

दीपेन्द्र नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् । शनिबार ओमानमा भएको खेलमा उनले कतारका मध्यगतिका बलर कमरान खानलाई अन्तिम ओभरमा लगातार छक्का हानेका हुन् । नेपाल १९ औं ओभरमा १७४/७ को अवस्थामा थियो । दीपेन्द्रले अन्तिम ओभरमा ३६ रन हानेपछि नेपालको स्कोर २१० पुगेको थियो ।

दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको एक यादगार इनिङ खेले । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा हानेको ६ छक्का यस प्रकार थियो ।
पहिलो बल : पहिलो स्लो सट बल थियो । दीपेन्द्रले त्यो बल मिड विकेटमाथि उठाउँदै छक्का हानेका थिए ।

दोस्रो बल : दोस्रो बलमा वाइड घेरा भन्दा बाहिर गर्दै बलर कमरान खान बच्न खोजेका थिए । तर दीपेन्द्रले त्यसलाई डीप प्वाइन्टमा सुन्दर छक्का हाने ।
तेस्रो बल : तेस्रो बलमा कमरानले पुन: सट गर्न खोजेका थिए । बलमा गति थिएन । त्यसैले सहजै रुपमा दीपेन्द्रले डीप मिडविकेटमा छक्का हाने ।
चौथो बल : सुरुवाती तीन बलमा छक्काले खान दबाबमा थिए, त्यसैले चौथो बलिङ अफ साइडमा फुल लेन्थमा गरे । त्यो बललाई दीपेन्द्रले कभरको माथि छक्का हाने ।
पाँचौं बल : कमरानले पुन: सट बल खेले । दीपेन्द्रले पहिलो र तेस्रोमा जस्तै डीप मिडविकेटमा छक्का हाने । बलमा गति नहुँदा दीपेन्द्रलाई निकै सहज भएको देखिन्थ्यो । उक्त बल अर्को मैदानमा पुग्दा मलेसियाका फिल्डरले फालेका थिए ।
छैटौं बल : सुरुवाती पाँच बलमा छक्का खाएका खानले अन्तिममा स्लो सट बलिङ गरे । लेग साइडको बल दीपेन्द्रले डीप मिडविकेटमाथि शानदार छक्का हानेका थिए । यसरी उनी लगातार ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने । उनी टी-२० आईमा भारतका युवराजसिंह र वेष्ट इन्डिजका काइरन पोलार्डपछि ६ बलमा ६ छक्का हान्ने पहिलो क्रिकेटर हुन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस