२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुई वर्ष मुनिका बालबालिकालाई यती एयरलाइन्समा निः शुल्क उडान

काठमाडौँ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ। सामाजिक सञ्जालहरूमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरूलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो।

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एयरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एयरलाइन्सले जानकारी दिएको छ। हाल एयरलाइन्सहरूले २४ महिनासम्मका शिशुहरूको उडानमा सेवा शुल्क लिँदै आएका छन्।

यात्रुहरूलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरूको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि वैशाख १, २०८१ देखि सीमित समयको लागि लागू गरिएको छ।

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरूले यती एयरलाइन्सको चेक—इन काउन्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ। यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरूका लागि विशेष काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ।

हाल यती एयरलाइन्सले ७ वटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४ हजार भन्दा धेरै यात्रुहरूलाई सेवा दिँदै आएको छ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस