२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नो स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको हो । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष ओलीले आफु र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने कुरा पनि दोहोर्याउनुभयो । करिब रु तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुग्नुभएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस