२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सयमा कारोबार भइरहेको छ । यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस