२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज देशभर इद मनाइँदै

काठमाडौं । आज देशभर इस्लाम धर्मावलम्बीले इद–उल फित्र (इद) मनाइरहेका छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । जकात दिएर यो महिनालाई पुण्य कमाउने महिनाको रुपमा मान्ने गरिएको छ । इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस