२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आर्थिक सशक्तीकरण महिलाले हिंसाबाट उन्मुक्ति पाउने अर्को आधार : मन्त्री भगबती चौधरी

काठमाडौं।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय भगबती चौधरीले महिलाहरुले भोग्दै आएको हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरि रहेको बताउनु भएको छ। आज एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै मन्त्रि चौधरीले सो कुरा बताउनु भएको हो। मन्त्रि चौधरीले भन्नु भयो समाजको विकास तथा निर्माणमा नारीको योगदान अग्रणी हुन्छ । नारी शक्तिलाई देश विकासको कार्यमा समावेश गर्न सकिएको छैन भने त्यस देशको विकासको गति अत्यन्त मन्द हुन्छ।

हाम्रो देशको कुल जनसंख्याको करिब आधा भन्दा बढी नारी रहेको स्थिति केलाएर हेर्ने हो भने यो जगत् ज्यादै पिछडिएको सामाजिक रुढीबाढीमा अल्झिएको र कुरीतिले जकडिएको पाउँछौ । सबै क्षेत्रपछि परेको कारणले नै नेपालको विकासमा नारीवर्गको सहभागिता पनि नगण्य रहने गरेको पाइन्छ । अझै पनि समाजमा नारी भनेपछि पुरुषशासित नै हुनुपर्छ भन्ने भावनाले जरो गाडेको पाइन्छ। पुरुषशासित समाजमा महिलालाई शक्तिहीन पारी पुरुषहरू राज गर्छन्। छोरी मान्छेको परिपक्क भएर सिउँदो भरिनु जिम्मेवारी र कर्तव्य बढ्दै गएर पछि जहाँ पराईलाई आफ्नो बनाउने र आफ्नालाई पराई बनाउने बाध्यता र चुनौती महिलाका लागि सदैव रहिरहन्छ।

अझ महिलाले दाइजो नल्याएका कारण यातना सहनुपर्ने, बोक्सीको आरोप लगाएर घरनिकाला गरिने, बालविवाह, बहुविवाह, देहव्यापार, गरिबी, बेरोेजगार, मानसिक यातना, गालीगलौज, जबर्जस्ती करणी, चेलीबेटी बेचबिखन र ओसारपसार, वैदेशिक रोजगारका नाममा ठगी, यौन शोषण, एसिड प्रहारलगायतका हिंसा महिलाले भोगिरहेको अवस्था छ। यि सबै हिंसा वा हिंसाजन्य कार्य हुन् नदिन महिला सशक्तीकरण आवस्यक रहेको कुरामा मन्त्रि चौधरीको जोड थियो।

हाम्रो नेपाली समाजमा सर्वप्रथमतः महिलालाई हेर्ने दृष्टिकोणमा परिर्वन गर्न जरुरी देखिन्छ। साथसाथै महिलाले आफ्नो दक्षता र क्षमताअनुसार प्रतिभा देखाउन पाए भने संख्याका आधारमा मात्र हैन, कर्मका आधारमा पनि उल्लेखनीय रूपमा सफलता प्राप्त गर्न सक्छन्। सरकारले पनि विभिन्न तवरले महिला अग्रसरताका लागि कानुनी दस्ताबेजमा र सहरी क्षेत्रमा मात्र केन्द्रित नरहेर ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाका लागि पनि हुने गरी कार्यक्षमता अभिवृद्धि, महिलाले आफ्नो र परिवारको जीवनस्तर उकास्ने खालको योजनासम्बन्धी तालिम दिई महिला स्वयं आफैंमा निर्भर रहने खालका दिगो कार्यक्रम ल्याउने तयारी आँफुले गरिरहेको मन्त्री चौधरीको दाबी थियो।

जब एउटा महिला सक्षम र शिक्षित हुन्छिन् र पारिवारिक रूपमा सफलता हासिल गर्न सक्छिन् भने देश विकासका जुनसुकै क्षेत्रमा पनि महिलाले अहम् भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास गर्न सक्ने दाबी गर्दै मन्त्रि चौधरीले “प्रधानमन्त्री छोरी आत्मनिर्भर” कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस