२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इटालियन सिरी ए : इन्टर मिलानको जित

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । गएराति भएको खेलमा उडिनेसलाई २–१ गोलले हराउँदै इन्टर मिलानले उपाधि सम्भावनालाई बलियो बनाएको छ ।

इन्टरका हाकान काल्हानोग्लु र डेभिड फ्रास्टेसीले एक–एक गोल गरेका थिए । उडिनेसका लाजार समार्दजिकले एक गोल गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । उक्त अग्रतालाई जोगाउन नसक्दा उडिनेस पराजित हुन पुग्यो ।

यो खेलपछि इन्टर मिलान ३१ खेलबाट ८२ अंकसहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६८ अंक छ । पराजित भएको उडिनेस २८ अंकसहित १५औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस