२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली क्रिकेट टीमको नयाँ जर्सीमा झण्डालाई लिएर आलोचना, के भन्छन् पारस ?

Nepali Cricket New Tshirt

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आगामी जेठमा हुने टी–२० विश्वकपमा नेपाली खेलाडीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा छ भने काँधमा नेपालको झण्डा छ । तर जर्सी सार्वजनिक भएपछि झण्डा झुकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

क्यानका सचिव पारस खड्काले पहिला र अहिलेको जर्सीमा झण्डाको प्रयोगमा केही फरक नभएको बताउँछन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका पारस भन्छन्, ‘ दुबै एउटै हो, पहिलाको जर्सीमा पनि यहिँ नै झण्डा छ । झण्डा झुकेको छैन । ’

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस