२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललितपुर एमालेको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

२६ चैत, काठमाडौं । नेकपा एमाले ललितपुरको नवौं जिल्ला अधिवेशनबाट पुरुषोत्तम आचार्य जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । अन्य तीन प्रतिस्पर्धीलाई हराउँदै आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । २२९ मत पाएर आचार्य जिल्ला अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत पाए ।

जिल्ला उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । १७३ मत ल्याएर बज्राचार्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी हरिगोविन्द श्रेष्ठले ११४ मत ल्याए । श्याम ब्यञ्जनकारले ९८ र अष्टविर ब्यञ्जनकारले ८७ मत पाए । सचिवमा राम राउत निर्वाचित भए । ६ जनाबीच भएको प्रतिस्पर्धामा राउतले १७९ मत पाएर सचिव जिते । रत्न महर्जनले ११२, लक्ष्मणप्रसाद बजगाईले ५१, सहकुल खत्रीले २७, सुदनर्शन मिश्रले ७६ र हरिप्रसाद न्यौपानेले २८ मत पाए ।

उपसचिवहरुमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् । खुलातर्फ १६४ मत पाएर थापा निर्वाचित हुँदा प्रतिस्पर्धीहरु नानीकाजी शाक्य ४८, मनोज महर्जन ६४, श्याम शर्मा बजगाईं ९९, सन्दन थापा मगर ५४ र साजन दर्लामीले ४४ मत पाए । महिला उपसचिवतर्फ १४२ मत ल्याएर राई निर्वाचित हुँदा अन्नपूर्ण बस्नेतले ८७, संगीता अछामीले १४० र सुकुमाया लामाले १०४ मत पाए ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस