२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जन्मदिनको केक खाँदा ‘बर्थडे गर्ल’कै गयो ज्यान

एजेन्सी । भारतको पञ्जाबबाट एक परिवारले आफ्नो १० वर्षीया बालिकाको जन्मदिन मनाउँदा जन्मदिन मनाउने बालिकाकै मृत्यु भएको छ । मानवी नामकी ती बालिकाको जन्मदिन मनाएलगतै ज्यान गएको हो । केक अनलाइन अर्डर गरिएको थियो । उनको मृत्युको केही घण्टाअघि खिचिएको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा उनी आफ्नो जन्मदिन मनाउँदै गर्दा निकै खुसी देखिन्छिन् ।

भिडिओमा बालिका सकुशल देखिएकी छिन् । केक खाएपछि उनको अवस्था बिग्रियो, केही घण्टापछि उनको शरीर चिसो भयो । अस्पताल लिएर गएपछि बालिका रहेन भन्ने उनको परिवारले जनाएको छ । केक खाने सबै बिरामी परे । तर बर्थडे भएकाले धेरै केक बालिकालाई खुवाइएको थियो । यसैले उनी धेरै बिरामी भएको र ज्यान गएको बताइएको छ ।

यस अवस्थामा केक कहाँबाट आयो भन्नेबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ । साथै बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको छ । परिवारको बयानका आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ । केक कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरूले बताएको भारतीय समाचार संस्थाले जनाएका छन् ।

भिडियोमा केटीका हजुरबुवाले भनेका छन्, ‘केक अनलाइन अर्डर गरेर ल्याइएको थियो । खाएपछि घरका सबैको स्वास्थ्य बिग्रियो । टाउको घुमिरहेको थियो । दुई साना केटीहरू मध्ये एक १० वर्षकी थिइन्, जसको जन्मदिन थियो । कान्छी ८ वर्षकीलाई पनि वान्ता भयो । कान्छीले पनि धेरै बान्ता गरेकी थिई ।’

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस