२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङलाई विप्लव नेतृत्वको नेकपाको पनि समर्थन, मतदानका लागि तीन पार्टीले गरे संयुक्त अपिल

काठमाडौं । इलाम– २ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि सहयोग गर्ने भएको छ । एमाले, माओवादी र नेकपाले संयुक्त अपिल जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका छन् ।

अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इलाम इन्चार्ज मौसम सीले हस्ताक्षर गरेका छन् । तीन दलले जारी गरेको अपिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको उल्लेख छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस