२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बम्जनमाथीको अनुयायी बेपत्ता र बलात्कार मुद्दामा आयो यस्तो आदेश

Bamjan refused to eat the food eaten by other prisoners

सर्लाही । पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका रामबहादुर बम्जनविरुद्धको मुद्दामा वादी र प्रतिवादी दुवैतर्फका वकिलहरूको लिखित बहस नोट पेस गर्न आदेश भएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले वादी र प्रतिवादी दुवै तर्फका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश दिएको हो । वादी नेपाल सरकार र प्रतिवादी बम्जन तर्फका वकिलहरूले न्यायाधीश पराजुलीको इजलासमा बुधबार बहस गरेका थिए ।

वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता कैलाश दाहाल तथा प्रतिवादी बम्जन तर्फबाट भने काठमाडौं र जिल्लाको गरि ६ जना कानुन व्यवसायीहरूले बहस गरेका जिल्ला अदालतका स्रेस्तादार सदन अधिकारीले जानकारी दिए । ‘तीन साताभित्र दुवैतर्फका कानून व्यवसायीलाई लिखित बहस नोट पेस गर्ने आदेश आएको छ,ु स्रेस्तादार अधिकारीले भने, ‘आगामी वैशाख १३ गते भित्र लिखित बहस नोट पेस भएपछि पेसी तोकिने छ ।’

गत पुस २६ गते सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी हाल महोत्तरीको जलेश्वरस्थित कारागारमा रहेका छन् । अनुयायी बेपत्ता पारेको आरोप लागेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत पुस २४ गते साँझ काठमाडौंको बुढानिलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका बम्जनलाई सीआईबीले पुस २५ गते राति जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस