२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिलनले पहिचान र संघीयता पक्षधरलाई धोका दिएको ठहर, उनको पद महासचिवमा बलामी कार्यवाहक तोकिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम–२ उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले राजीनामा मागेको छ । उनी केही महिनादेखि मौखिक जानकारी मात्र गराई राजनीतिक गतिबिधिमा संलग्न हुँदै आएको बुझिएको छ । संगठनलाई धोका दिएर बाटो मोडेको भन्दै फोनिजको आइतबार काठमाडौंमा बसेको सचिवालय बैठकले राजीनामा दिएर मार्ग प्रसस्त गर्न जानकारी गराएको हो ।

फोनिजको बैठकले सचिव समीर बलामीलाई कार्यवाहक तोकेको छ । उनी चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समेत हुन् । पहिचान र समावेशीको मुद्धा उठाउँदै आएको फोनिजलाई महासचिव संघीयता विरोधी पार्टीको उम्मेदवार बनेपछि राजीनामाको लागि जनजाति पत्रकार र संघसंस्थाहरूले दबाब दिँदै आएका थिए ।

यता महासचिव लिम्बूले भने रास्वपा पहिचानवादी मुद्धाको विपक्षमा नरहेको दावी गर्दै आइरहेका छन् । बैठकले उनलाई पदबाट राजीनामा दिन १ हप्ताको अल्टिमेटम दिइएको बुझिएको छ । त्यस्तै, फोनिजले २०८१ साल वैशाख ९ गते नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाउने घोषणा गरेको छ । महासंघले गत चैत १६ गते स्थापना दिवस मनाएकोमा फोनिजकर्मीहरू असन्तुष्ट बन्दै आएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस