२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालबाट भारत मात्र ९८ रनमा नै अलआउट [ भिडियोसहित ]

Nepal VS Gujarat in the SMS Friendship Cup 2024 Ma

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसँग अत्यन्तै शानदार प्रस्तुती दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा टस जितेर पहिले बलिङ रोजेको नेपालले भारतलाई मात्र ९८ रनमा अलआउट गरिदियो । यो पारिकै उत्कृष्ट सावित गुल्सन झा एक्लैले ४ विकेट लिएका छन् ।

नेपालले खेल जित्न मात्र ९९ रनको लक्ष्य पाएको छ । तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नै नेपालसँग कठोरता महसुश गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रन जोड्दै अल आउट भयो ।

गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस