२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओढार र जंगलमै भेटिन्छन् हतियार

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक वर्षमा १८५ वटा अवैध हतियार बरामद गरेको छ । गत वर्षको फागुनदेखि यही चैत १२ गतेसम्म कार्यालयले उक्त परिमाणमा अवैध हतियार बरामद गरेको हो । बरामद हतियारमध्ये १८३ भरुवा बन्दुक र दुई थान पेस्ताल रहेको प्रहरीले जनाएको छ । यही हप्तामात्रै भुमे गाउँपालिका–४ र १ स्थित ओढार र रुखमुनि लुकाइराखेको ६ वटा भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार भुमे गाउँपालिकाकै वडा नम्बर–९ गोठेबाङ बस्ने नवीन मल्ल भनिने विश्वविक्रम मल्लको घरबाट म्यागजिनसहितको एक थान अटोमेटिक पेस्तोल बरामद गरिएको छ । मल्ललाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

गोप्य सूचना र सुराकीका आधारमा हतियार बरामद हुने गरेको जिल्ला प्रहरी कार्यालयकी प्रमुख डीएसपी अञ्जना श्रेष्ठले बताइन् । ‘यति हातियार फेला पर्दा ४ जनामाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढेको छ । कारबाही हुने डरले कतिपयले आफूसाग भएका हतियार अन्कन्टार ठाउामा लगेर राखिदिने गरेको हुनसक्छ,’ उनले भनिन्, ‘यस कारण हामीले हातियारवाला मान्छे पक्राउ गर्न सकिरहेका छैनौं । तर अवैध हतियार भने बरामद गरिरहेका छौं ।’

वन्यजन्तुको सिकारका लागि जंगलमै हतियार राख्ने गरिएको पनि डीएसपी श्रेष्ठको भनाइ छ । त्यस्तै केही ठाउँमा द्वन्द्वकालीन हतियारहरू पनि फेला परिरहेको उनले बताइन् ।

 

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस