२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पानी परेर ओत लागेको बेला थाप्लामै बज्र खसेर मृत्यु, कहिलै नजानुहोस् ठूलो रुखको ओतमा

बुटवल । पानी परेर ओत लागेको बेला हावाहुरीले रुख ढलेर किच्दा पाल्पाको तानसेनमा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नम्बर–८ जरेपिपलमा रुखको ओतमा बसेका बेला माथीबाट बज्र खसेझै खस्यो सँगै घाइते भएकाले बताए । रुखले किच्दा स्कुटर चढेर बुटवलतर्फ आउँदै गरेका एक युवाको ज्यान गएको हो ।

मृत्यु हुनेमा पाल्पाको कैलाशनगरका २० वर्षीया भुवन सिंजाली रहेका छन् । उनी तानसेन नगरपालिका वडा नम्बर ५ कैलाशनगरका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्याउदा सिंजालीको मृत्यु भइसकेको जानकारी दिए ।

पानीसहित आएको हावाहुरीले रुख ढलेका कारण अहिले पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एकजना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । पानी पर्दा वा हावाहुरी चलिरहेका बेला मानिसहरु ठूलो रुखको फेदमा ओत लाग्न वा छाहारी खोज्न पुग्ने चलन छ । तर यो गल्ती कहिलै गर्नु हुन्न । चट्याङ् पर्दा होस् वा हावाहरीले रुख ढल्दा रुखको फेदमा उच्च जोखिम हुन्छ ।

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस