२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अपडेट : ट्याक्सी दुर्घटनाका ५ जना मृतकको पहिचान, एकजना बेपत्ता [ भिडिओसहित ]

१७ चैत, काठमाडौं । त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना-५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा गोरखा नगरपालिका-४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेका छन् । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता विवशको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस