२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

१४ चैत्र, सुर्खेत । मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिपमा ६ जना सवार थिए ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस