२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पामा पँधेरोमा नुहाउन गएकी १९ वर्षीया युवती मृत फेला, बलात्कारको प्रतिकार गर्दा हत्या

Crime murder

१४ चैत, बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो ।

उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र भैरहवाबाट कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान सुरु भएको बताए । हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले बताए । पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस