उज्जैन । भारतको मध्य प्रदेशको धार्मिक नगर उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा भस्म आरतीका क्रममा भस्म फाल्ने क्रममा आगलागी भएको छ । जसमा १० जनाभन्दा बढी जलेका छन् । भस्म आरतीपछि गर्भगृहमा उपस्थित पुजारीद्वारा होलीको अवसरमा गुलाल (भस्म) छर्किएको बताइएको छ । यसैबीच आगलागी हुँदा गर्भगृहमा उपस्थित कैयौँ पुजारीसहित १० जनाभन्दा बढी जलेका छन् । सबैलाई उपचारका लागि अस्पताल लगिएको छ ।
आइतबार बिहान बाबा महाकालको दरबारमा फूलको होली खेलिएको थियो भने बेलुका होलिका दहन गरिएको थियो । सोमबार बिहान भस्म आरतीपछि बाबा महाकालसँग अबिर गुलाल (भस्म) लगाएर होली खेलिरहेको बेला उक्त दुर्घटना भएको हो ।