काठमाडौं । इन्डियन प्रिमियर लिगको हिँजो राति भएको खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै च्यालेन्जर्स् बैंगलुरु विजयी भएको छ । आईपीएलको यो सिजनमा बैंगलुरुले पहिलो जित निकालेको हो । १७६ रनको लक्ष्य पछ्याएको बैंगलुरूले १९.२ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनायो । बैंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ७७ रन बनाए । यस्तै दिनेश कार्तिकले २८, रजत पटिदारले १८ र महिपाल लोमरोरले १७ रन बनाए । पञ्जाबका लागि कागिसो राबाडाले र हरप्रित ब्रारले समान २-२ विकेट लिए ।
पहिलो इनिङमा ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पञ्जाबा लागि कप्तान शिखर धवनले ४५ रन बनाए ।यस्तै जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५, साम कुरनले २३ र शशांक सिंहले २१ रनको योगदान गरे । बैंगलुरुका लागि मोहमद सिराज र म्याक्सवेलले समान २-२ विकेट लिए ।