२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेमाथि मीन विश्वकर्माको टिप्पणी– जो चोर उसैको ठुलो स्वर भन्ने उखानको अक्षरशः पालना भयो

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गृहमन्त्री रवि लामिछाने आफ्नो बचाउ गर्नका लागि र आफ्नो विरोध गर्नेलाई तह लगाउनका लागि मात्र गृहमन्त्री बनेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गदै उनले जो चोर उसैको ठुलो स्वर भन्ने नेपाली उखान गृह मन्त्री लामिछानेले अक्षरंशः पालना गरेको टिप्पणी गरे ।

उनले भने,‘ जसलाई आरोपको भारीले किचेको छ । उनी त्यो आरोपको भारीको मुनिबाट चिह्याएर ज–जसले आरोप लगाए भन्ने उनलाई लाग्या छ । तिनीहरूलाई तथानाम गाली गर्दैछन् भने यो गृहमन्त्रीको पदसँग सुहाउने वाक्यांश पनि होइन सुहाउने प्रवृत्ति पनि होइन क्रियाकलाप पनि होइन । यसले उनलाई क्षणिक न्यानो त होला । तर देश र गृहमन्त्री पदको भरपुर बदनाम गरेको देखिन्छ ।’

नेता विश्वकर्माले सबैभन्दा बढी अभियोग लागेका मान्छेले अरूलाई छानबिन गर्नु विश्वसनीय भएन भन्ने कांग्रेसको माग रहेको बताए । उनले कांग्रेसले जनजीविकाका हरेक विषयवस्तुमा संसद्का माध्यमबाट राज्यको ध्यानाकर्षण गराउने बताउँदै भने, ‘जुन कर्म रवि लामिछानेले गर्‍या छन् त्यस्तै कर्म गरेका अन्य व्यक्ति अहिले कहाँ छन् होला त ? उनीहरूलाई मुद्दा लाग्या छ की छैन त ? अरूलाई लाग्या जसरी उनलाई उठाउन मिल्ने की नमिल्ने ?’ उनले आम नागरिकलाई प्रहरीले थुन्ने तर उनका मुद्दा अनुसन्धान गर्नेलाई पाखा लगाउने भन्दै रवि लामिछाने अराजक भएको जिकिर गरे ।

 

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस