२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वी चाडमा दुई समुदायबीचको झडपमा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौं । पूर्वी चाडमा दुई समुदायबीचको झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको छ । यस मुलुकको मरुभूमि क्षेत्र प्राय जमिन विवादले ग्रस्त छ । मन्त्रालयले झडपमा को सामेल थियो वा कति समयसम्म झडप भयो भन्नेबारै ठ्याक्कै बताएन तर यस क्षेत्रमा नियमितरूपमा बसेका किसानहरू र फिरन्ते गोठाला वा अन्य समूहबीच जमिनलाई लिएर झडप भएको देखिन्छ ।

झडपका कारण घटनास्थलबाट एक सय ७५ जनालाई पक्राउ गरिएको एक विज्ञप्तिमा जनाइएको छ । झडपका क्रममा ओउद्दाई प्रान्तको टिलेगुए गाउँको ‘ठूलो भाग’ लाई हतियारधारी मानिसहरूले आगो लगाएका थिए ।

सार्वजनिक सुरक्षामन्त्री जनरल महामत चारफडाइन मार्गुईले टेलिफोनमा भने, “स्थिति नियन्त्रणमा छ तर विभिन्न पक्षबीच मेलमिलाप गराउने प्रयास गरिरहेको छु ।” घटनाबारे ‘प्रकाश पार्ने’ उद्देश्यले सरकार र सेनाका सदस्यहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री घटनास्थलमा थिए । किसानहरूले गोठालाहरूमाथि आफ्नो जमिनमा पशुवस्तुलाई चराउन वा बाली कुल्चन दिन अनुमति दिएको आरोप लगाउँदा अधिकांश बासिन्दा सशस्त्र रहेको पूर्वी र दक्षिणी चाडमा प्राय झडपहरू भइरहन्छन् ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस