२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्री महासेठलाई १०१ किलोको माला, नजर नलागोस् भनेर पञ्चकन्या उभ्याएर दही र माछाको टीका

जनकपुरधाम । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेर गृह जिल्ला पुग्दा नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिए ।

महासेठको स्वागत चलिरहँदा एक युवक दही र माछाको भार ९पाहुर० बोकेर पुगेका थिए । ती युवकले उनलाई माछा र दहीको टीका लगाए । एमालेका एक नेताका अनुसार कसैको नजर नलागोस् भनेर माछा र दहीको टीका उपप्रधानमन्त्री महासेठलाई लगाइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस