२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आकाशे पानीले फागुनको सुरुदेखि लागेको डढेलो निभायो

ताप्लेजुङ । फागुन महिनादेखि सुरु भएको डढेलो बुधबारको वर्षाले निभाएको छ । एकपछि अर्को स्थानमा सल्किँदै गएको डढेलो नियन्त्रणमा लिन कठिन भएको र ठूलो मात्रामा जनधनको क्षति भइरहेका बेला आकाशे पानीले डढेलो निभाएर मद्दत पुर्‍याएको हो । पहाडी जिल्लाहरुमा पछिल्लो एक सातामा मात्रै डढेलोले ठूलो जनधनको क्षति पुर्‍याएको र कतिपय सुख्खा क्षेत्रमा पानी अभावकै कारण आगो निभाउन नसकिरहेको अवस्थामा आकाशे पानीले डढेलो निभाएर सहज बनाइदिएको हो ।

पाथीभरा याङ्बरक गाउँपालिका–१ नाङखोल्याङ र फुडलिङ नगरपालिका–८ दोखुमा लागेको आगो नियन्त्रणमा आएको वडा नं। ८ का अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए । ठुटाहरूमा लागेको आगो त अहिलेपनि कतिपय ठाँउमा निभेको छैन, सुनुवारले थपे, तर डढेलो फैलिने अवस्था चाँहि सकिएको छ। ताप्लेजुङका हरेकजसो ठाउँमा आगलागी भएको थियो । डढेलोका कारण जिल्लाका पाँचसय वढी हेक्टर जंगल जलेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस