२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

७ र ९ वर्षका दुई जना नाबालिगलाई करणी गरेको अभियोगमा ५७ वर्षीय सीताराम जेल चलान

57-year-old Sitaram jailed for molesting a minor

पोखरा । गोरखा जिल्ला अदालतले दुई नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । गोरखा नगरपालिका–१४ सलाङगिरीका ५७ वर्षीय सीताराम भन्ने दलबहादुर विश्वकर्मालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

विकले फागुन ९ गते बिहान ११ बजे ७ र ९ वर्षकी दुई नाबालिकलाई फकाईफुलाई झरौटे धारा वनमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यसपछि पीडिका आफन्तले किटानी जाहेरी दिएपछि विकलाई प्रहरीले फागुन १० गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस