२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विवेकशील साझा पार्टीका अध्यक्ष र महासचिवसहित ९ जना पक्राउ

काठमाडौँ । प्रहरीले विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ । राजधानीको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

माइतीघर मण्डलााई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको उनले बताए । पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न पनि उनले माग गरे । पक्राउ परेकाहरू सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस