२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न देउवा पत्नी आरजु दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी राणा शुक्रबार साँझ एयर भिस्ताराको उडान मार्फत नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

आरजुको दिल्ली भ्रमणबारे केही खुलाइएको छैन । उनी केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्। यसअघिको गठबन्धन भत्किएर कांग्रेस सत्ता बाहिर पुगेपछि राणा पहिलो पटक दिल्लीको भ्रमणमा निस्किएकी हुन् ।

आरजुले आज नै बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न आइतबार भारत प्रस्थान गर्न लागेको प्राविधिकहरूको टोलीलाई बिदाइ गरेकी थिइन्।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस